प्रदेश १ का ६ सांसदले मातृभाषामा शपथ लिने

प्रदेश नम्बर १ मा छ जना प्रदेश सभा सदस्यले मातृभाषामा शपथ लिनुहुने भएको छ । प्रदेश सभा सदस्यमा पाँचथर प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोसहितका पाँच जनाले मातृभाषामा शपथ लिने भएका हुन् ।

प्रदेश सभा सचिवालयका अनुसार इलाम प्रदेश सभा क्षेत्र १ बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले समेत मातृभाषामा शपथ लिने भएकी छन् । आङ्बो नेकपा (माओवादी केन्द्र) र लङ्वा नेकपा (एकीकृत समाजवादी) बाट दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

यस्तै ताप्लेजुङ प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम, जनता समाजवादी पार्टीबाट निर्वाचित निर्मला लिम्बू, पाँचथर प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट निर्वाचित एकीकृत समाजवादीका कमलप्रसाद जबेगुले समेत मातृभाषामा शपथ लिने भएका छन् ।

यता सुनसरी ३ बाट निर्वाचित कांग्रेसकी सुनिता चौधरीले समेत मातृभाषामा शपथ लिने प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार चौधरीबाहेकका सदस्यले लिम्बू भाषामा शपथ लिनेछन् भने चौधरीले थारु भाषामा शपथ लिनेछिन् ।

मातृभाषामा शपथ लिन चाहने सदस्यलाई मातृ भाषामै शपथको व्यहोरा अनुवाद गरी बुझाउन प्रदेशसभा सचिवालयले पुस ५ गते सूचना जारी गरेको थियो । प्रदेश १ का सदस्यले भोलि दिउँसो १ः३० बजे शपथ लिने तय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर