१२खरी कथाका अन्तरकुन्तर : ‘कथामा जीवनको प्रतिबिम्ब’

‘मैले एउटा लाइनमा घन्टौं काम गर्छु । मेरो कवितादेखि कथा लेखनसम्म म आफैंलाई जटिल लाग्छ । घन्टौंसँग एउटै लाइनलाई खेलाइराख्छु । घोत्लिरहन्छु,’ कथाकार नवीन अभिलाषी आफ्नो कथा लेखनबारे अनुभव सुनाउँछन्, ‘स्टार्टिङ लाइन फुराउनै निकै पीडादायी हुन्छ ।’

साहित्यकार अभिलाषी बाह्रखरी मिडियाले हालै गरेको राष्ट्रिय कथा प्रतियोगिताका विजेता हुन् । उनको ‘दमाई’ नामक कथा प्रथम भएको थियो । सोही कथा प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय कथाकारलाई पोखरामा जारी दशौं नेपाल लिटरेचर फेस्टिभलमा ‘१२खरी कथाका अन्तरकुन्तर’ विषयक सत्रमा वक्ताका रुपमा डाकिएको थियो ।

पत्रकार गोविन्द अधिकारीले सहजीकरण गरेको सत्रमा वक्ता कथाकारले आआफ्ना कथालेखन अनुभव र दृष्टिकोण राखे । कथाकार अभिलाषीले आफूले अरुले जस्तो एकै बसाइँमा कथा लेख्न नसक्ने सुनाए ।

साहित्यकार अभिलाषी विचारमा यथार्थ र कल्पनाको सम्मीश्रण नै कथा हो । तर, आफूले कथा लेख्नुअघि आफूलाई पात्रका रुपमा उभ्याउने गरेको उनको कथन छ । भन्छन्, ‘पात्रको चरित्र, प्रवृत्ति पहिले म आफू भोग्छु । प्रत्येक मान्छेले का.था बाँचिरहेको छ । तर, सबैको लिपिबद्ध हुँदैन । त्यो लिपिबद्ध हुन कथाकारको मस्तिष्कले महसुस गर्नैपर्छ ।’

प्रतियोगितामा दोस्रो भएका कथाकार रमेशजंग थापा कथामा जीवन र जगतलाई नै प्रतिबिम्बित गरिने सुनाए । ‘जीवनमा दुख छ । सुख छ । आँसु छ, रोदन, पीडा छ । तर, पनि अतिसुन्दरत छ । त्यसैलाइर्ए कथाले प्रतिबिम्बित गर्छ । कथा जीवन र जगतको प्रतिविबम्ब हो,’ थापाले भने, ‘साहित्य आफूले देखेका कुराहरुलाई छर्लंग पार्ने ऐना हो भन्ने लाग्छ ।’

उनले कथामा यथार्थमात्रै हुँदा कथा नभई समाचार र खबरमात्रै हुने भएकाले लेखकले आफ्नो काल्पनिक सिर्जनशीलता पनि मिलाउनुपर्ने थापको भनाइ थियो । ‘यथार्थलाई कल्पनामा ढाल्न सक्यो भने कथा हुने हो । कल्पना र यथार्थको फ्युजन नै कथा हो,’ उनले भने ।

प्रतियोगितामा तेस्रो स्थान ल्याएकी रुमु न्यौपानेले आफ्नो कथाका पात्र यथार्थ नै हुने बताइन् । उनले पात्र यथार्थ भए पनि कथा भने काल्पनिक नै राख्न मन पराउने सुनाइन् ।

कथाकार अभिलाषीले आफूले कथाअनुसार नै पात्रको निर्माण गर्ने सुनाए । तर, कहिलेकाहीं पात्रको चरित्रअनुसार पनि कथा निर्माण गर्नुपर्ने उनको तर्क थियो । ‘कथाकारले कसरी हेर्छ भन्ने हुन्छ होला । कथाको हेराइ, बोल्ने शैलीले गर्दा पनि यो पात्रलाई कतै न कतै राख्नुपर्छ भन्ने कथाकारलाई लाग्छ र कथानक निर्माण गर्न लाग्छ,’ उनले भने, ‘अर्को राजनीति, सांस्कृतिक, कथा हुन सक्छ ।’

कथाकार रमेशजंगले समाजबाटै पात्रको उठान गरे पनि लेख्नुपूर्व आफूलाई पात्रका रुपमा महसुस गर्ने सुनाए । कथाकारले पात्रको प्रवृत्ति बुझ्न नसके कथा हुन नसक्ने उनको दाबी थियो । ‘कथाकारले पात्र आफैं बनेर लेख्न सकेन भने कथाकार हुन सक्दैन,’ उनले भने, ‘कथाकारले कथालाई अक्षरद्वारा जीवन दिने हो ।’

कथाकार रुमुले आफूले पहिले पात्र भेट्ने र त्यसपछिमात्रै कथाको प्लट तयार पार्ने बताइन् । उनले पात्र भेटिइसकेपछि उसलाई कसरी डोर्याउने भन्ने कथा तयार पार्ने उनको भनाइ थियो ।

कथाकार नवीनले आफूलाई कथालाई काल्पनिकतामा लैजान मन नपर्ने सुनाए । ‘मैले लेख्ने धरातल यथार्थजादी कथा नै हो । कथालाई काल्पनिकतामा लैजान त्यति मन पर्दैन,’ उनले भने, ‘हजोको समयलाई आधार मानेर हिजो पञ्चायत, राणाकालीन मा छुटेको समाको कथा लेख्नुपर्छ भन्ने लाग्छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *