महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल

महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।

यसअघिका महान्यायाधिवक्ता खम्मबहादुर खातीले राजीनामा दिएसँगै उक्त पद रिक्त थियो।

महान्यायाधिवक्तालाई प्रधानन्यायाधीशले शपथ खुवाउने व्यवस्था छ।

पोरखेल महान्यायाधिवक्ता नियुक्त भए कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उनलाई शपथ खुवाउनेछन्।

महाभियोगका कारण निलम्बनमा परेका चोलेन्द्रशमशेर जबराको प्रधानन्यायाधीश कार्यकाल निलम्बनमै सकिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *