बुटवलका डीएसपी केसीलाई निलम्बन गर्न पुलिस हेडक्वार्टरको सिफारिस

प्रहरी प्रधान कार्यालयले सुन प्रकरणमा पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले डीएसपी केसीलाई निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको जानकारी दिए। डीआईजी राईले प्रहरी प्रधान कार्यालय डीएसपी केसीलाई निलम्बन गर्ने प्रक्रियामा रहेको र निलम्बनपछि उनीमाथि थप अनुसन्धान हुने बताए।

प्रारम्भिक अनुसन्धानमा उनको गतिविधि शंकास्पद देखिएकै कारणले नियन्त्रणमा लिएको डीआईजी राईले बताए।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिई डीएसपी केसीले आफैंले राखेको सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट अनुसन्धानका लागि टोली खटाइएको थियो। सो टोलीले आइतबार केसीलाई पक्राउ गरेको थियो र उनको निवास खानतलासी गर्दा ३५ तोला सुन र २५ लाख रुपैयाँको चेक बरामद भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर