![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
पुस २२ मा कांग्रेस केन्द्रीय समिति बैठक
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![पुस २२ मा कांग्रेस केन्द्रीय समिति बैठक](https://www.pardafas.com/wp-content/uploads/2022/10/Congress-Party-Office.jpg)
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २२ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समीक्षा र समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रतिनिधि सभामा सबैभन्दा बढी ८९ सिटमा विजयी भएर कांग्रेस संघीय संसद्को ठूलो दल बनेको छ ।
प्रतिक्रिया