संघीय संसद्काे अधिवेशन पुस २५ गते

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‍को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद्‍ भवनमा संघीय संसद्‍को दुवै सदनको अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मंसिर ४ गते निर्वाचन सम्पन्न भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक पहिलो पटक बस्दैछ । प्रतिनिधि सभामा १२ राजनीतिक दल र ४ स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर