संसद् अधिवेशनका लागि तयार छौं : संसद् सचिवालय

संघीय संसद् सचिवालयले संसद्को अधिवेशनका लागि आफू तयार रहेको बताएको छ।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै संघीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको र सबै तयारीसमेत पूरा भइसकेको बताएका हुन्।

सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराहरू व्यवस्थापन भइसकेको बताए।

सरकारले पुस २५ गते दिउँसो १ बजे संसद् अधिवेशन आह्वान गरेको छ। उनले संसद्का पदाधिकारीहरूलाई दिइने सवारी साधनको भने अभाव रहेको बताए। सचिवालयसँग स्रोत नभएको भन्दै उनले अर्थ मन्त्रालयसँग पटकपटक स्रोत माग्द ापनि उपलब्ध हुन नसकेको गुनासो गरे।

उनले भने,‘अधिवेशन आह्वान हुन्छ भन्नेमा तयारी अवस्थामा छौं। संसदीय दलका कार्यालयको व्यवस्थापन भइसकेको छ। सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक दृष्टिकोणले हेर्ने सम्पूर्ण कुराहरू सकिएको छ। गर्नुपर्ने तयारी प्रायः सकिसकेका छौं।’

सहायक प्रवक्ता धमलाले संघीय संसद् सचिवालयमा स्रोतको अभाव हुँदा पनि सरकार र अर्थ मन्त्रालय नजरअन्दाज गरेर बसेको आरोप लगाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर