माओवादी कर्णाली संसदीय दलको नेतामा राजकुमार शर्मा चयन

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको बुधबार बसेको बैठकले शर्मालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।

अध्यक्ष केसीले भनिन्, ‘दल नेतामा कालीकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जीसीको पनि दाबी रहेको थियो । हिजो र आज बसेको प्रदेश समितिको बैठकमा वृहत् छलफलपछि उहाँलाई सर्वसम्मत रुपमा दलको नेता बनाइएको हो ।’

दलको नेतामा निर्वाचित शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०७४ मा जिल्ला समन्वय समिति रुकुमपश्चिमको प्रमुख भएर काम गरिसकेका उनी पार्टीको जिल्ला इञ्चार्ज, प्रदेश अध्यक्ष हुँदै हाल नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर