खुमलटारबाट बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उनी आज साँझ सरकारी निवास सरेका हुन् ।

अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार नै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका छन् ।

शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य प्रधानमन्त्री निवासको साँचो प्रधानमन्त्री प्रचण्डपुत्री गंगा दाहाललाई हस्तान्तरण गर्दै ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर