एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा देवेन्द्र दाहाल

नेकपा (एमाले)को राष्ट्रिय सभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाल मनोनित भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले संघीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनित गरेका हुन् ।

राष्ट्रिय सभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई थिए । नेता भट्टराईले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएपछि संसदीय दलको नेता पद रिक्त थियो । मनोनित दाहाल यसअघि दलका प्रमुख सचेतक थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर