मधेस प्रदेशका ज्येष्ठ सांसद न्यौपानेले आज शपथ लिँदै, अन्य सांसदको शपथ भोलि

मधेस प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित न्यौपानेले आज दिउँसो २ बजे मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिने प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले ज्येष्ठ सदस्यको रूपमा न्यौपानेले आज शपथ ग्रहण गर्ने र भोलि (शुक्रबार) न्यौपानेले बाँकी नवनिर्वाचित प्रदेश सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको जानकारी दिए।

मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने सदस्यले विभिन्न आठ भाषामा शपथ ग्रहण गर्ने तय भएको सचिव यादवले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर