मधेस प्रदेश : कांग्रेस संसदीय दलको नेतामा रामसरोज र कृष्णको उम्मेदवारी

नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेताका लागि आज निर्वाचन हुँदैछ । जनकपुरधामस्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचनमा संसदीय दलको नेताका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव र निवर्तमान संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले जानकारी दिए ।

बिहान ९ देखि १० बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तालिका थियो । कसैले उम्मेदवारी फिर्ता नलिएमा मतदान हुने कांग्रेसका मधेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले बताए । मधेस प्रदेश सभामा २२ सदस्यसहित कांग्रेस दोस्रो ठूलो दल हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *