सुन प्रकरणमा मुछिएका बुटवलका डीएसपी केसी निलम्बित

इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन्।

सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका डीएसपी केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो।

यसअघि केसीलाई निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिई डीएसपी केसीले आफैंले राखेको सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट अनुसन्धानका लागि टोली खटाइएको थियो।

सो टोलीले आइतबार केसीलाई पक्राउ र उनको निवास खानतलासी गरेर ३५ तोला सुन र २५ लाख रुपैयाँ नगद बरामद गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर