कांग्रेस संसदीय दलको नेता बन्न प्रदेश १ मा तीन जनाको उम्मेदवारी, भोलि चुनाव

नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता बन्नका लागि तीन जनाले मनोनयन दर्ता गरेका छन् ।

विराटनगरको वरगाछीस्थित नेपाली कांग्रेस प्रदेश १ को कार्यालयमा प्रदेश १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्कीले उम्मेदवारी दर्ता गरेका हुन् । यसअघि दलको नेतामा दावी गर्दै आएका केन्द्रीय सदस्य भीम पराजुली उद्धव थापाको प्रस्तावक भएका छन् ।

अर्याल संविधान सभा सदस्य तथा मोरङ–५ प्रदेश सभा २ बाट प्रदेश सभामा निर्वाचित संसद हुन् । प्रदेश सभापति थापा समानुपातिक सांसद र कार्की मोरङ ६ प्रदेशसभा २ बाट दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । कार्की हाल प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री छन् ।

निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीका अनुसार अर्यालको प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ र समर्थकमा सुनसरीकी सुनिताकुमारी गुरुङ छन् ।

त्यस्तै थापाको प्रस्तावकमा मोरङका भीम पराजुली र समर्थकमा खोटाङका भूपेन्द्र राई तथा कार्कीको प्रस्तावकमा उदयपुरका रामकुमार खत्री र समर्थकमा इलामका शमशेर राई छन् ।

प्रदेश १ को प्रदेश सभामा नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १२ गरी २९ सांसद छन् । नेता चयनका लागि भोलि बिहान ९ बजेदेखि मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर