कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित

नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् ।

जनकपुरधामस्थित पार्टी कार्यालयमा बिहीबार भएको निर्वाचनमा उनले प्रतिस्पर्धी रामसरोज यादवलाई हराएका हुन् ।

कृष्णप्रसाद कुनल २२ मध्ये १८ मत पाएर विजयी भएका हुन् । रामसरोजले ४ मतमात्र पाए ।

संसदीय दलको नेतामा निर्वाचित कृष्णप्रसाद कांग्रेस मधेस प्रदेश सभापति र पराजित रामसरोज निवर्तमान संसदीय दलका हुन् । यी दुवै नेता संस्थापन पक्षका हुन् ।

मधेस प्रदेश सभामा २२ सदस्यसहित कांग्रेस दोस्रो ठूलो दल हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर