मधेस प्रदेशका ज्येष्ठ सांसद न्यौपानेले लिए शपथ

मधेस प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले उनलाई आज शपथ गराएका हुन् ।

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं ४ (१) बाट निर्वाचित न्यौपाने एक सय सात सदस्यीय मधेस प्रदेश सभामा सबैभन्दा ज्येष्ठ सदस्य हुन् ।

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेश सभाको अध्यक्षता गर्ने प्रावधान छ ।

ज्येष्ठ सदस्य न्यौपानेले भोलि (शुक्रबार) बाँकी प्रदेश सभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । शपथग्रहणपछि उनलेसंविधानको व्यवस्थानुसार अर्को व्यवस्था नभएसम्म आफूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर