माधव नेपाललाई राष्ट्रपति बन्नुस् भन्ने प्रस्ताव आएको छैन : जगन्नाथ खतिवडा

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बन्नुस् भन्ने प्रस्ताव कुनै पार्टीले नगरेको स्पष्ट पारेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टी अध्यक्षसँग नेकपा एमालेले आधिकारिक रूपमा पार्टी एकता र राष्ट्रपति बन्ने प्रस्ताव नगरेको बताए । उनले पार्टी विलय वा एकीकरण गर्ने कुनै काम नगरेको र रुचि पनि नरहेको स्पष्ट पारे । उपमहासचिव खतिवडाले पार्टीको सबैभन्दा धेरै रुचि वाम एकतामा रहेको र अहिले पार्टी सुदृढीकरणमा जोड दिएको बताए ।

उनले पार्टी एकता हुने भन्ने हल्ला निराधार रहेको पनि बताए । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो पटक प्रधानमन्त्री बन्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई नदिएपछि गठबन्धनले अर्कै मोड लिएको बताए ।

उपमहासचिव खतिवडाले सरकारमा सहभागी बन्ने वा नबन्ने भन्नेबारेमा पार्टीको पोलिटब्यूरोको बैठकसम्म छलफल पुग्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर