माओवादी बागमती प्रदेशको दलको नेतामा शालिकराम जम्मकट्टेल

नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् ।

बागमती प्रदेशका इञ्चार्जलगायतका शीर्ष नेताहरुको उपस्थितिमा शनिबार सम्पन्न बैठकले दल नेतामा जम्मकट्टेललाई चयन गरेको हो । उनी यसअघि पनि दलको नेता नै थिए । उनी हाल पनि प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीका रुपमा कार्यरत छन् । हिजो र आज भएको छलफलपछि माओवादी केन्द्रका पालिटब्यूरो सदस्यसमेत रहनुभएका जम्मकट्टेललाई संसदीय दलको नेतामा चयन गरिएको प्रदेश सभा सदस्य युवराज दुलालले जानकारी दिए ।

बागमती प्रदेश सभामा धादिङ क्षेत्र नं. १ प्रदेश सभा २ बाट १९ हजार नौ सय २९ मतका साथ निर्वाचित भएका जम्मकट्टेल संविधान सभा सदस्यसमेत हुन् ।संसदीय दलको नेतामा बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको पनि दाबी थियो । प्रदेश सभामा माओवादी केन्द्रका २१ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *