पोखरा विमानस्थल सञ्चालनका लागि मन्त्रालयले सक्दो सहयोग गर्छ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार सो विमानस्थलको उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री पौडेलले सो विमानस्थलको सही र भरपुर सदुपयोग गरेर पोखरालाई पर्यटकहरूको केन्द्रको रूपमा विकास गर्न लाग्नुपर्ने बताएका हुन् ।

त्यस अवसरमा उनलेसो विमानस्थललाई प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि अर्थ मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

उनले सो विमानस्थलको निर्माणमा योगदान पुर्‍याएको भदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वपर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको समेत स्मरण गरेका थिए ।

एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री पौडेलले मुलुकलाई राजनीतिक स्थायित्व दिई सुशासनको बाटोमा अघि बढाउन सरकार लागिपर्ने आश्वासनसमेत दिए ।

उपप्रधानमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउने काममा आफूहरू सफल हुने समेत बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर