लुम्बिनीका सांसदले लिए शपथ

लुम्बिनी प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यले शपथ ग्रहण गरेका हुन् । यस प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उनीहरूलाई शपथ गराएका हुन् ।

प्रतिनिधि सभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ गराई ज्येष्ठ सदस्यले प्रदेश सभा सदस्यलाई शपथ गराउने चलन रहे पनि लुम्बिनीमा भने प्रदेश प्रमुखमार्फत् नै शपथ गराउने गरिएको छ ।

ज्येष्ठ सदस्य भुसालले अध्यक्षता गर्ने

लुम्बिनी प्रदेशको प्रदेश सभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने भएका छन् । लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुलर्भकुमार पुनका अनुसार प्रदेश सभाका सदस्यमध्ये ज्येष्ठ सदस्य भुुसालले सभाको अध्यक्षता ग्रहण गर्नेछन् । प्रदेश प्रमुखले ६९ वर्षीय भुुसाललाई यससम्बन्धी जिम्मेवारीपत्र प्रदान गरेका छन् । भुसाल नेकपा एमालेबाट गुल्मी २(१) बाट निर्वाचित भएका हुन् ।

प्रदेश सभाको पहिलो बैठक आगामी सोमबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *