लुम्बिनीको मुख्यमन्त्रीमा एमालेको दाबी रहन्छ : शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी रहने बताएका छन् । लुम्बिनी प्रदेशमा नवनिर्वाचित सांसदहरूको शथपग्रहण समारोहमा सहभागी भएका संस्थापक मुख्यमन्त्रीसमेत रहेका पोखरेलले लुम्बिनीमा एमाले ठूलो पार्टी भएकाले अन्य दलहरूले एमालेलाई नै नेतृत्व सुम्पिनेमा विश्वस्त रहेको समेत बताए ।

‘स्वाभाविक रूपमा अन्य दलहरूले जहाँ जसको स्टेट त्यहाँ त्यसलाई नेतृत्वको जिम्मा सुम्पनु हुन्छ भन्ने म ठान्छु यद्यपि हामी छलफल गर्न बाँकी छ,’ उनले सञ्चारकर्मीहरूसँग भने, ‘छलफलपछि एउटा निष्कर्ष निक्लेला तर पनि राजनीतिक दलहरूको स्टेटका आधारमै नेतृत्वको प्रश्न निरूपण होला भन्ने म ठान्छु ।’ केन्द्रमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन बनेको छ । तर, प्रदेशमा कहाँ कसले नेतृत्व गर्ने भन्ने अझै टुंगिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर