सिद्धार्थ बैंक ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स–२०२२’ बाट सम्मानित

सिद्धार्थ बैंक लिमिटेड ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स–२०२२’ अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपाल प्रा. लि. ले वार्षिक रूपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई ‘एचआरएम – कर्पोरेट एक्सेलेन्स इन फाइनान्सियल इन्स्टिच्युसन’ को विधमा उक्त अवार्डबाट सम्मान गरिएको हो ।

पुस १४ गते आयोजना गरिएको उक्त अवार्ड सिद्धार्थ बैंकका मानव सशोधन तथा विप्रेषण व्यवसाय एकाइका प्रमुख पंकज पन्तले ग्रहण गरेका थिए । आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउन र आगामी दिनहरूमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न बैंकलाई प्रेरित गरेको पन्तले बताए । यस खुशीको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति कृतज्ञता व्यक्त गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टरसहित), २१५ एटीएम, ११८ शाखारहित बैंकिङ सेवा र १,८०० भन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्त्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न बैंकिङ सुविधाहरू सरल एवं ग्राहकमैत्री ढंगले प्रवाह गर्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *