भारतबाट बढेर आयो इन्धनको मूल्य

भारतबाट इन्धनको मूल्य बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो।

आइतबार आईओसीले नेपाललाई नयाँ मूल्य पठाएको हो।

नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५४ पैसा बढाएर पठाएको छ।

यस्तै डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा ७८ रूपैयाँ २२ पैसा बढाएर आएको निगमले जनाएको छ। त्यस्तै मट्टितेलको भाउ भने केही घटेर आएको निगमले जनाएको छ।

मूल्य बढेर आएसँगै निगमलाई एलपी ग्यासमा प्रतिसिलिन्डर ३५९ रुपैयाँ ५० पैसा घाटा रहेको जनाएको छ।

समग्रमा निगमलाई आगामी १५ दिनमा अनुमानित ९९ करोड नाफा हुने समेत जनाएको छ।

हाल भारतबाट मूल्य बढेर आएता पनि नेपालमा भने यथावत् नै रहने निगमले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *