लिबियामा अज्ञात व्यक्तिका १८ शव भेटिए, हत्याको आशंका

लिबियाका अधिकारीहरूले यहाँको उत्तरी तटीय शहर सिर्तेमा अज्ञात व्यक्तिका १८ ओटा शव भेटिएकाे आइतबार जनाएका छन् । सिर्ते सबा क्षेत्रमा गत हप्ता ती शवहरू भेटिएकाे र नजिकैको एक सरकारी अस्पतालमा लगिएको पनि ती अधिकारीले जनाएका छन् ।

बेपत्ता व्यक्तिहरूको खोजी गर्ने यहाँको सरकारी निकायका एक अधिकारीले ती शव भेटिएपछि अस्पताल पुर्‍याइएको र उनीहरूको पहिचानका लागि प्रयोगशालामा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

उनले ती व्यक्ति को हुन् र के कति कारणले उनीहरुको मृत्यु भएको हो या हत्या भएको हो भन्ने विषयमा अनुसन्धान सुरु भएको जनाएका छन् । गएको अक्टोबर महिनामा पनि सिर्ते क्षेत्रकै एक सरकारी विद्यालयमा गाडिएको अवस्थामा ४२ ओटा शव भेटिएको यहाँको प्रहरीले जनाएको थियो ।

सन् २०१६ मा सिर्ते सहरबाट विस्थापित गर्नुअघि सो सहरमा यहाँका स्लामिक स्टेट अतिवादीहरूले कब्जा जमाएका थिए । सोही समयमा कैयौं व्यक्तिको हत्या पनि भएको थियो ।

पछिल्लो समयमा भेटिने गरेका अज्ञात शवहरू उनीहरूले नै हत्या गरेका हुनसक्ने अनुमान यहाँको प्रहरीले गर्ने गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर