जसपा राजनीतिक समितिको बैठक सुरु, सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय गर्ने

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिको बैठक सुरु भएको छ ।

सरकारमा सहभागी हुनेबारे निर्णय लिने मूल एजेण्डासहित सो पार्टीको राजनीतिक समितिको बैठक सुरु भएको हो ।

सोमबार ललितपुरको ज्यापु समाज भवनमा सुरु भएको बैठकमा निर्वाचनको समीक्षा, सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम, अन्य राजनीतिक दलहरूसँगको एकीकरण र सहकार्यलगायतका विषयमा पनि छलफल हुने पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

बैठकमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले निर्वाचनको समीक्षा गर्नका लागि नेता शिवलाल थापाको नेतृत्वमा गठन गरेको तीन सदस्यीय समितिलाई अनुमोदन गर्ने कार्यसूची रहेको जनता समाजवादी पार्टी, नेपालले जनाएको छ ।

दुई दिनसम्म चल्ने बैठकमा पार्टी विधान अधिवेशनका लागि विधान मस्यौदा समिति पनि गठन गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर