प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २६ गते विश्वासको मत लिने भएका छन् । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरेका थिए ।
विभिन्न सात राजनीतिक दलसहित कुल १६९ सांसदको समर्थनमा तेस्रो पटक संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री बनेका दाहालले पुस २६ गते संसद्मा विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले संघीय संसद् सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्राप्त गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्रीले पत्राचार गरेर नै कार्यसूचीमा समावेश गरिदिनुहुन भनेर आग्रह गर्नुभएको छ । सचिवालयका तर्फबाट हामीले आवश्यक व्यवस्थापन गर्छौं ।’ नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही उपधाराको ४ बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ । प्रतिनिधि सभा २७५ सदस्यीय छ । प्रत्यक्ष कुल १६५ र समानुपातिकतर्फबाट ११० सांसद छन् । मनाङका सांसद टेकबहादुर गुरुङ भने हाल निलम्बनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर