राजदूत अधिकारीले भेटे पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सहायक

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफका विदेश मामिला सहायक सैयद तारिक फातेमीबीच भेटवार्ता भएको छ । राजदूत अधिकारी र फातेमीबीच सोमबार इस्लामावादस्थित फातेमीको कार्यालयमा भेट भएको हो ।

भेटमा नेपाल–पाकिस्तानबीच द्विपक्षीय सम्बन्ध र यसको ऐतिहासिक विकासका बारेमा छलफल भएको थियो । भेटमा सार्कका विषयमा समेत छलफल भएको राजदूतले अधिकारीले जनाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *