रौतहटमा स्रोत नखुलेको साढे ४ लाख भारुसहित दुई भारतीय पक्राउ

रौतहटको गौर नगरपालिका–१ बाट स्रोत नखुलेको ४ लाख ४९ हजार ५ सय भारतीय रकमसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारत मोतीहारी गोपालपुर बल्हाचोक बस्ने ३५ वर्षीय आजातकुमार मालाकार र २२ वर्षीय सञ्जीवकुमार तिवारी रहेका छन् । प्रहरीले उनीहरूलाई सोमबार बिहान पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन १५९० नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्ने क्रममा उक्त रकम फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *