मेक्सिकोको जेलमा बन्दुकधारीको हमला, १० सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु

बन्दीहरू राखिएको जेलमा अज्ञात व्यक्तिहरूले आक्रमण गर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।

सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज शहरमा रहेको सो जेलमा बन्दुकधारीहरूले हमला गरेका थिए । सो हमलामा परेर उक्त जेलका दश जना सुरक्षाकर्मी र अरू चार जना बन्दीको ज्यान गएको हो ।

मेक्सिकोको चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले उक्त जेलमा केही बन्दुकधारीहरूले जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली हानेका थिए ।

जेलका अधिकारीहरूका अनुसार उनीहरू बिहानको समयमा ठूलो संख्यामा आएका थिए र अकस्मात गोली चलाएका थिए ।

सो आक्रमणमा परेर अरू १३ जना घाइते भएका छन् । उनीहरूलाई अस्पताल पुर्‍याइएको छ ।

त्यस्तै सो आक्रमणको समय पारेर सो जेलमा रहेका २४ जना बन्दी भागेका छन् । उनीहरूको प्रहरीले खोजी गरिरहेको छ तर भेट्टाएको छैन ।

त्यस क्रममा दुई जना बन्दुकधारी पनि मारिएका बताइएको छ । जेलका अधिकारीहरूले सो जेलमा रहेका आफ्नो समूहका व्यक्तिलाई छुटाउनका लागि बन्दुकधारीहरूले हमला गरेका अनुमान गरिएको बताएका छन् ।

अहिले सो जेलमा थप सुरक्षाकर्मीहरूलाई राखेर सुरक्षा दिइएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर