त्रिशक्ति ट्रेडर्सका सञ्चालकविरुद्ध ६ करोड १७ लाखको राजस्व छली मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

ललितपुर महानगरपालिका–११ कुम्भेश्वर स्थायी घर भएका महर्जनले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धि कर बिजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएको पाइएको विभागले जनाएको छ ।

विभागले छ करोड १७ लाख ९२ हजार पाँच सय ७९ रुपैयाँ बराबरको बिगो, शतप्रतिशत जरिवाना र ब्याज असुल तथा कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *