यातायात कार्यालयमा उपप्रधानमन्त्री श्रेष्ठको अनुगमन

सवारी चालक अनुमति लिनका लागि नागरिकले भोग्नुपरको समस्याको समाधानका लागि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पहल थालेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले सोमबार एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् । उनले त्यस अवसरमा सेवाग्राहीसँग पनि अन्तरक्रिया गरेको उनका स्वकीय सचिव विजय गौतमले जानकारी दिए ।

उपप्रधानमन्त्री श्रेष्ठले कार्यालयका प्रमुख तथा कर्मचारीलाई नियमानुसार काम गर्न निर्देशन दिँदै कुनै पनि गुनासो आए सरकारले कारबाही गर्ने बताए । अनुगमनका क्रममा मन्त्री श्रेष्ठले सेवाग्राही एवं सर्वसाधारणसँग अन्तरक्रिया गरेका छन् भने गुनासो सुन्दै सेवा सुधारमा आफू लागिपरेको बताए । उनले सेवा प्रभावकारी र सहज बनाउन कार्यालय प्रमुख र कर्मचारीलाई निर्देशन पनि दिएका छन् ।

मन्त्री श्रेष्ठले सेवा दिने समय बढाउन, छिटोछरितो ढङ्गले काम गर्न र अनियमितता, बिचौलियाको प्रभाव र सेटिङको अन्त्य गर्न निर्देशन दिए । कहीँकतैबाट गलत भएको जानकारी आए तत्काल कारबाही गर्ने उनले चेतावनी दिए । यस्तै उनले सवारी चालक अनुमति कार्यालय ठूलो भ¥याङ र यातायात व्यवस्था कार्यालय (मोसा) गुर्जुधाराको अनुगमन तथा निरीक्षण गर्नेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *