वाम एकताका लागि एकीकृत समाजवादीले गठन गर्‍याे कार्यदल

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले केन्द्रीय सचिवालय बैठकले वाम एकताका लागि कार्यदल गठन गरेको जानकारी दिएका छन् ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रीय ४५औं सचिवालयको बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो ।

बैठकले कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेका पार्टी प्रवक्ता एवं पार्टी उपमहासचिव खतिवडाले बताए । उनले कार्यदलले वामपन्थीहरूसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने बताए ।

उपमहासचिव खतिवडाले वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा औपचारिक प्रस्ताव नै सरकार पक्षका पार्टीहरूले नगरेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *