एमाले प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी

नेकपा (एमाले) प्रदेश नं. १ को प्रमुख सचेतकमा प्रदेश सभा सदस्य रेवतीरमण भण्डारी चयन भएका छन् ।

संसदीय दलको बिहीबार बसेको बैठकले भण्डारीलाई प्रमुख सचेतकमा चयन गरेको हो । नवनियुक्त प्रमुख सचेतक सुनसरी निर्वाचन क्षेत्र नं २(१) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

प्रदेश सभामा एमालेका प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी कुल ४० सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर