सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम शुक्रबारसम्ममा सकिने

सत्तारूढ गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम शुक्रबारसम्ममा सक्ने भएको छ ।

न्यूनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको कार्यदलले शुत्रबारसम्ममा सम्पूर्ण काम सक्ने बताइएको छ ।

बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको जानकारी दिए । उनले सरकारमा सहभागी हुने विभिन्न राजनीतिक दलहरूको सुझावलाई समेट्दै ड्राफ्ट तयार भएको बताए । उनले सो ड्राफ्टमाथि दफावार छलफल गरी शुक्रबासम्ममा सबै काम सकिने बताए ।

कार्यदलको बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर