न्यूनतम साझा कार्यक्रममा आम नागरिकको विषयलाई पहिलो प्राथमिकता : गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताएका छन् ।

बिहीबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग सरकारले ल्याउने साझा कार्यक्रमबारे बोल्दै सरकारका न्यूनतम साझा कार्यक्रम आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताएका हुन् ।

उनले अहिलेको सरकार जनमतको आधारमा बनेको भन्दै जनमतको चाहना पूरा गर्ने गरी कार्यक्रम आउने बताए । उनले सरकारको साझा कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधार, टाइम कार्ड लगाएर लाइन लाग्नुपर्ने झन्झटलाई अन्त्य गरेर सेवा प्रवाहलाई चुस्त बनाउन र युवा स्वरोजगारसहित विभिन्न नीतिगत कार्यक्रम समेटिने बताए ।

उनले जनतालाई सहज बनाउने तथा भ्रष्टाचार नियन्त्रण गर्ने साझा एजेण्डामा कुनै पनि दलको विमति नभएको बताए । उनले साझा कार्यक्रम अन्तिम चरणमा पुगेको बताए । उनले सरकारमा रहेका पार्टीहरू विचार र सिद्धान्तभन्दा पर गएर न्यूनतम साझा कार्यक्रममार्फत अघि बढ्ने बताए । उनले सरकारले आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेकाले त्यो विषयमा पनि विवाद भयो भने त राजनीतिक दल हुन नसक्ने धारणा राखे ।

उनले नागरिकलाई सुख र सुविधा दिने हकमा, बेथितिलाई अन्त्य गर्ने हकमा, भ्रष्टाचारलाई निर्मूल गर्ने विषयमा पनि साझा कार्यक्रम ल्याउने विषयमा सबै दल सहमत रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर