पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १८ घाइते

पाल्पामा गएराति बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नंको बस दुर्घटना हुँदा उनीहरूको ज्यान गएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा रैनादेवीछहरा–८ की ३६ वर्षीया निर्मला घिमिरे, निर्मलाकी ११ वर्षीया छोरी सरुमाया, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया बिमा पाण्डे रहेको पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । गएराति करिब सवा १० बजे उक्त बस दुर्घटना भएको बताइएको छ ।

बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो । दुर्घटनामा १८ यात्रु घाइते भएका छन् । घाइतेमध्ये छ जनाको एडमनसिटी हस्पिटल जितगढी, बुटवल तथा १२ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

घाइते हुनेहरूमा २२ वर्षीया श्रेया राना, उनकी १८ महिनाकी छोरी दिपसन राना, २५ वर्षीया चुमा घर्ती, ४१ वर्षीय रामबहादुर बस्नेत, २२ वर्षीय सूर्यबहादुर रेश्मी, चालक ३२ वर्षिय चेत बहादुर दर्जी छन् ।

त्यस्तै ७२ वर्षीया पूर्णकला दर्जी, ६० वर्षीया यमकला रास्कोटी, ३९ वर्षीया यमकला पाण्डे, २३ वर्षीया लालकुमारी पाण्डे, ७ वर्षीय सूरज घिमिरे, ३५ वर्षीया तुलसा पाण्डे, २६ वर्षीया लिला गाँहा, ९ वर्षीया अप्सना रास्कोटी, ३५ वर्षीया पवित्रा भन्ने फर्सिकला पाण्डे, २८ वर्षीया वर्षा भन्ने लिमकली पाण्डे, उनकी छोरी ३ महिनाकी आर्या पाण्डे, ७३ वर्षीया श्यानिकला पाण्डे रहेका छन् ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *