सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सुरु

सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सुरु भएको छ । शुक्रबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको हो ।

कार्यदलले आजै सो मस्यौदालाई अन्तिम रूप दिने र एमाले अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले अनुमोदन गर्ने बताइएको छ । सरकारले यही पुस २६ गते विश्वासको मत लिनेछ । सोभन्दा अघि नै सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।

एमालेका उपाध्यक्षसमेत रहेका पौडेल, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा र जनता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ सो कार्य दलमा रहेका छन् ।

सत्तारूढ गठबन्धन सरकारले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बनेको सरकारमा हाल ८ सदस्यीय मन्त्रिमण्डल रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर