सरकारले व्यवसायीको मनोबल उच्च बनाउने निर्णय गरे अर्थतन्त्र लयमा आउँछ : अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान सरकारले उद्योगी व्यवसायीहरूको मनोबल उच्च बनाउने निर्णय गरे तत्काल अर्थतन्त्र लयमा आउने बताएका छन् ।

पछिल्लो समय उद्योगी व्यवसायीहरूको मनोबल कमजोर भएकाले उद्योग व्यवसायमा संकुचन आएको भन्दै अध्यक्ष अग्रवालले वर्तमान सरकारले उद्योगी व्यवसायीहरूको मनोबल उच्च बनाउने गरी निर्णय गर्नुपर्ने बताएका हुन् । उनले वर्तमान सरकार गठन भएसँगै नेपाली पुँजी बजारमा अर्थतन्त्रका कुनै पनि प्यारामिटरहरू परिवर्तन वा सरकार नयाँ कुनै निर्णयबिना उच्च मनोबलको कारण लगातार रूपमा वृद्धि भइरहेको बताए ।

न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष अग्रवालले सरकारले बैंकको ब्याजदर कम गर्ने, तरलता सहज ल्याउने र एलसी मार्जिन कम गर्ने निर्णय गरे व्यवसायीहरूको मनोबल सकारात्मक हुने बताए । उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या उद्योगी व्यवसायीहरूको मनोबल कमजोर भएको कारण भएको दाबी गरे ।

उनले प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई भेटेर अर्थतन्त्र लयमा ल्याउन सरकारले चाल्नुपर्ने कदमको विषयमा जानकारी गएको बताए । उनले उद्योग परिसंघका माग र दिएका सुझावलाई सरकारले तत्काल सम्बोधन गरे मुलुकको अर्थतन्त्र लयमा आउने समय न लाग्ने बताए । उनले सरकारले उद्योगी व्यवसायीहरूको मनोबल उच्च हुने खालको नीतिगत व्यवस्था गरेमा व्यवसायी र अर्थतन्त्र दुवै सकारात्मक बाटोमा जाने उल्लेख गरे ।

उनले मुलुकमा जुनसुकै सरकार आए पनि व्यवसायीहरूको मनोबल उच्च राख्न आवश्यक रहेको बताए । अर्थतन्त्र लयमा आउँदा उच्च रूपमा गिरावट आएको माग बढ्ने र उद्योग व्यवसायमा लगानी पनि बढ्ने बताए ।

अध्यक्ष अग्रवालले वर्तमान सरकारले अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्दै व्यापार व्यवसायमा आएको गिरावटलाई कम गर्न सहयोग गर्नुपर्ने बताए । उनले पछिल्लो समय मागमा संकुचन हुनु आर्थिक वर्षको पाँच महिना गत वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा २० प्रतिशत संंकुचन हुनु प्रमुख कारण भएको बताए । उनले शेयर बजार, घरजग्गाको कारोबार गिरावटको कारण सबै क्षेत्रको मागमा संकुचन आएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर