तयार भयो सरकारको न्यूनतम साझा कार्यक्रम

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार भएको बताएको छ ।

शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तयार भएको जनाएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले आफ्नो प्रतिवेदनलाई पूर्णता दिएको बताए । उनले शनिबार शीर्ष नेताहरूको संयन्त्रमा सरकारका न्यूनतम साझा कार्यक्रमहरू प्रस्तुत गर्ने बताए ।

उनले न्यूनतम साझा कार्यक्रम जनताको डेलिभरिको पक्षमा रहेको र परिवर्तनको आभास हुनेगरी न्यूनतम साझा कार्यक्रम आएको दाबी गरे । उनले न्यूनतम साझा कार्यक्रम यो सरकार जनतालाई केही दिने सरकार हो भन्ने महसुस गराउने गरी तयार पारेको बताए ।

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउन उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमलेका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एक कार्यदल गठन गरेको थियो । अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशमशेर राणा र जन्ता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर