सभामुखको निर्वाचन माघ ७ गते गर्न प्रस्ताव

सर्वदलीय बैठकले आगामी माघ ७ गते सभामुखको निर्वाचन गर्न प्रस्ताव गरेको छ।

आजको सर्वदलीय बैठकले यस्तो प्रस्ताव गरेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए।

संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमसेर जबराले सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न आज सर्वदलीय बैठक बोलाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *