मधेस प्रदेशमा पुस २८ भित्र सरकार गठनका लागि आह्वान

मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनको आह्वान गरेका छन् ।

उनले २८ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

मधेस प्रदेश सभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएकाे हाे ।

१०७ सदस्‍यीय मधेस प्रदेश सभामा नेकपा एमाले २३, नेपाली कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा र माओवादी केन्द्र ९-९, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी १-१ र पाँच स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर