नाइजेरियामा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ बेपत्ता
२३ पुष २०७९ १४:२०
उत्तरपश्चिम नाइजेरियामा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य ६ जना बेपत्ता भएका छन् ।
केब्बी राज्यको कोको/बेस्से स्थानीय क्षेत्रस्थित नदीमा मंगलबार साँझ सो डुंगा पल्टिँदा उक्त दुर्घटना भएको हो । उक्त डुंगामा करिब १०० धान किसान सवार थिए जसमध्ये ८० जनालाई सकुशल उद्धार गरिएको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति मुहम्मदु बुहारीले दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेका छन् । साथै बेपत्ता व्यक्तिहरूको खोजीमा खटिएका उद्धारकर्मीहरूको प्रयासको प्रशंसासमेत गरेका छन् ।
राष्ट्रपतिले विशेषगरी ग्रामीण क्षेत्रमा डुंगाको यातायातको उचित नियमनमा बढी ध्यान दिन सरोकारवालालाई आग्रह गरेका छन् ।
- विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ : गृहमन्त्री लामिछाने
- एक वर्षमा विपद्बाट १ अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति भएको सरकारको आँकलन
- पर्यटन, आइटी, जलविद्युत, सिमेन्ट र कृषि क्षेत्रलाई प्रवर्द्धन गर्नेगरी बजेट आउँछ : अर्थमन्त्री पुन
- निर्माण सामग्री सम्बन्धी विधेयकमा करिब ४ सय वटा संशोधन
प्रतिक्रिया