प्रधानमन्त्री प्रचण्डसँग माधव नेपाल र उपेन्द्र यादवको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।

आइतबार सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा प्रधानमन्त्री दाहालसँग दुई शीर्ष नेताहरूले भेट गरेका हुन् ।

भेटपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले भेटमा दुई राजनीतिक दलहरू सकारात्मक रहेको र विश्वासको मत दिनेमा विश्वस्त रहेको बताए । उनले छलफलमा विश्वासको मत लिनेबारेमा नै छलफल भएको र दुई नेताहरू सकारात्मक रहेको बताए ।

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारेमा छलफल चलिरहेको र पुनः छलफल हुने बताए । उनले पार्टीले प्रधानमन्त्रीलाई समर्थन गरेको बताए ।

बैठकपछि संसदीय दलको कार्यालयबाट निस्किने क्रममा नेताहरूमा भने नैराश्यता स्पष्ट देख्न सकिन्थ्यो । प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर