रेसुंगा विमानस्थलमा तारा एयरको जहाज सफल अवतरण

गुल्मीको रेसुंगा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । रेसुंगा नगरपालिकासँगको सहकार्यमा तारा एयरको परीक्षण उडान सफलतापूर्वक सम्पन भएको हो ।

आज बिहान ११ः१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुंगा नगरपालिका–१० स्थित सिमिचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा १२ बजे अवतरण भएको थियो । यसअघि पनि २०७५ जेष्ठ २५ गते तारा एयरले नै परीक्षण उडान गरेको थियो ।

उक्त वायुयानलाई तारा एयरका वरिष्ठ चालकद्वय क्याप्टेन सन्तोषकुमार साह र क्याप्टेन सञ्जीव श्रेष्ठले उडान भरेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनका अनुसार जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेपका (एमाले) उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेश सभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री, रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू सवार थिए । उडानबाट आएका सबै मानुभावहरूलाई माला लगाएर स्वागत गरिएको थियो ।

प्रवक्ता बर्तौलाका अनुसार आइतबार परीक्षण उडान सम्पन्न भएसँगै अब नियमित उडानका प्रक्रिया सुरु गरिनेछ । नियमित उडानका लागि भने कम्तीमा दुईदेखि तीन साता लाग्नेछ । विमानस्थलमा तारा एयरले प्रारम्भमा रेसुंगा नगरपालिकासँगको समन्वयमा उडान गर्ने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *