छात्राको मृत्युपछि सिरहाको मिर्चैया तनावग्रस्त, प्रदर्शनकारीको ढुंगा प्रहारबाट ७ प्रहरी घाइते

सिरहाको मिर्चैयामा एक जना छात्राको मृत्युपछि तनाव उत्पन्न भएको छ । मिर्चैया नगरपालिका–३ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्राको मृत्युपछि परिवार र आफन्त प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय मिर्चैयामा घेरा हालेपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर र ३ राउण्ड ग्याँस सेल प्रहार गरेको छ ।

सो क्रममा प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा ७ जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

सगरमाथा माविमा अध्ययनरत १५ वर्षीया छात्रा सिर्जनाकुमारी महराको गएराति मृत्यु भएको थियो । पानी माग्दा शिक्षिकाले दिएको स्प्रिट पिएपछि उनको मृत्यु भएको पीडित परिवार र विद्यार्थीहरूको आरोप छ ।

घटनाबारे अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर