विश्व अर्थतन्त्र मन्दीको बाछिटा नेपालमा पनि : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रको स्थिरता र वित्तीय स्थायित्व कायम नगर्दासम्म दिगो आर्थिक विकास हुन नसक्ने बताएका छन्।

आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले मूल्य स्थिरता, बाह्य क्षेत्रको स्थिरता र वित्तीय स्थायित्व कायम नगर्दासम्म दिगो विकास हासिल गर्न नसकिने बताएका हुन्।

उनले पछिल्लो समय विश्वका अधिकांश मुलुकमा बाह्य क्षेत्रको मन्दी देखिएको बताए। गभर्नर अधिकारीले विश्वमा देखिएको बाह्य क्षेत्रको मन्दी र निर्माण क्षेत्रको शिथिलतालाई नेपालमा भित्रिन नदिनु नै यो वर्षको उपलब्धि हुने उल्लेख गरे।

उनले विश्वको अर्थतन्त्र आर्थिक मन्दीतर्फ गएको भन्दै नेपालमा पनि केही मिल्दा असरहरू देखिएकाले त्यस्ता असरबाट जोगिनुपर्ने चुनौती रहेको बताए। उनले नेपालको यो वर्षको मुख्य चुनौती भनेकै बाह्य क्षेत्रलाई स्थिरतामा राख्नु भएको भन्दै सम्बन्धित निकायहरूले त्यहीअनुसार काम गर्न आवश्यक रहेको बताए।

गभर्नर अधिकारीले सन् २०२१ को भन्दा २०२२ मा विश्वको आर्थिक वृद्धि संकुचित भएको बताए। उनले सन् २०२३ मा झनै घटेर २.७ प्रतिशतमा संकुचन आउने प्रक्षेपण रहेको बताए।

गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा आएको मन्दीको बाछिटा नेपालमा समेत आएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर