निर्मला कुर्मीको न्यायका लागि आन्दोलन छोडेर अनुसन्धानमा सघाउन गृहमन्त्रीको आग्रह

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माइतीघरमा चरणबद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सघाउन आग्रह गरेका छन्।

सरकराले उक्त घटनाबारे संवेदनशील भएर छानबिन अघि बढाउनुका साथै नेपाल प्रहीको केन्द्रीय अनुशन्धान ब्यूरो (सीआईबी)ले विशेष टोली परिचालन गरी घटनाबारे छानबिन गरिरहेको भन्दै धर्ना र आन्दोलनका सबै गतिविधि छोडेर छानबिनका लागि सहयोग गर्न गृहमन्त्री लामिछानेले आग्रह गरेका हुन्।

आफू मन्त्री भएर आएपछि दुई पटक टेलिफोन गरी धर्नामा रहेकी रुबी खानलाई मन्त्री लामिछानेले यस घटनाबारे सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सघाउन आग्रह गरेका थिए।

यसअघि गत सोमबार लामिछानेले गृह मन्त्रालयमा गृहसचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितसँग छलफल गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई सत्यतथ्य छानबसिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए। सीआईबीले विशेष टोली परिचालन गरी घटनाको अध्ययन गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *