६० सांसदको समर्थनसहित प्रदेश १ काे मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीकाे दाबी

प्रदेश १ का प्रमुख परशुराम खापुङसमक्ष प्रदेश सभाका सबभन्दा ठूलो दल नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीका लागि आइतबार दाबी पेस गरेका छन् ।

कार्कीले एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका हुन् । कार्कीले सोमबार मुख्यमन्त्रीमा शपथ लिने बताए ।

प्रदेश प्रमुख खापुङले संविधानको दफा १६८ को उपदफा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न समय दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर