मर्जरपछिको ग्लोबल आईएमई बैंकले अर्थतन्त्रमा थप सुधार ल्याउँछ : मुख्यसचिव वैरागी

नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीले निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन्।

सोमबार काठमाडौंमा भएको ग्लोबल आईएमई बैंक र बैंक काठमाण्डूबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले देशको अर्थतन्त्र निरन्तर सकारात्मक बन्दै गइरहेकाले निजी क्षेत्र लगानी गर्नका लागि आत्तिनु नपर्ने बताए। मुख्यसचिव वैरागीले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक संकेत देखापरेको बताए। उनले अर्थतन्त्रका सूचकहरूमा समेत सुधार हुँदै गइरहेको अवस्थामा बैंकहरू मर्जर भई देशकै ठूलो बैंक बनेको ग्लोबल आईएमई बैंकको कारोबारपछि सूचकमा झनै राम्रो हुने बताए।

उनले निजी क्षेत्रलाई सरकारको साथ सदैव रहेको भन्दै सरकार निजी क्षेत्रको मनोबल कसरी बढाउने भन्नेबारेमा लागिपरेको बताए। उनले वर्तमान सरकारको प्राथमिकतामा नै अर्थतन्त्र परेकाले निजी क्षेत्रले आफ्नो मनोबल बढाएर एकजुट भई काम गर्न आवश्यक रहेको बताए।

मुख्यसचि वैरागीले निजी क्षेत्रहरू एकजुट भई काम गर्ने हो भने लगानी गर्ने कुरामा सोचेको परिणाम प्राप्त हुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर