बैंकको ब्याजदर कम गरे व्यवसायीहरूको मनोबल उच्च हुनेछ : अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर घटाउने र तरलता सहज बनाउनेबारेमा ध्यान दिन राष्ट्र बैंकसँग आग्रह गरेका छन्।

सोमबार काठमाडौंमा भएको ग्लोबल आईएमई बैंक र बैंक काठमाण्डूबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले बैंकको ब्याजदर केही कर्म गर्नसके उद्योगी र व्यवसायीहरूको मनोबल उच्च बन्ने बताए। अध्यक्ष अग्रवालले ग्लोबल आईएमई बैंक देशकै ठूलो बैंक बनेसँगै आगामी दिनमा बैंकको ब्याज घटाउने दिशातिर लाग्न सुझाव दिए।

उनले सीडी रेसियो पनि सहज हुँदै गइरहे पनि बैंकहरूमा लगानी गर्ने आत्मविश्वास आउन नसकेको बताए। उनले बैंकहरूले लगानी गर्ने आत्मविश्वास बनाउन राष्ट्र बैंकसँग आग्रह गरे। उनले अहिले तरलता सहज भइरहेको भन्दै इन्भेष्टिबल लगानीलाई उत्पादनमुखी क्षेत्रमा कसरी लगाउन सकिन्छ भन्नेबारेमा ध्यान दिन आवश्यक रहेको बताए।

अध्यक्ष अग्रवालले नयाँ सरकारको पहिलो प्राथमिकता अर्थतन्त्र सुधार गर्नु रहेको भन्दै सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक कदम चाल्नेमा विश्वास लिएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *